अमेरिकाबाट ज्योतिलाई ब्लु फिल्म खेल्न सुझाव दिने, खनाललाई रेग्मीको झापट
पछिल्ला केहि दिन यता नेपाली सांगीतिक आकाशमा विशेष गरी नेपाली लोक गीतका क्षेत्रमा ‘कि रेखाको चल्छ, कि देखाको चल्छ’ निक्कै चर्चामा छ । तीज गीतको नामाकरण गरेर निर्माण गरिएको यो गीतको म्युजिक भिडियोमा पछिल्लो समय पहिरनकै कारण चर्चामा आएकी लोक गायिका ज्योती मगरले झण्डै अर्धनग्न अवस्थामा उत्ताउलो नृत्य प्रस्तुत गरेकी छन् । उनको यो अभिनयलाई लिएर धेरैले धेरैथरीका टिक्का टिप्पणी गरिहेका छन् । केहिले त ज्योती मगरलाई बहिष्कार गर्नुपर्ने सम्मका कुरा उठाए ।

हुन ज्योतीको यो अभिनय हेरेर कमेन्ट गर्ने पहिलो व्यक्ति खनाल भने होइनन् । तर, नराम्रै कामेन्ट गरेपनि ब्लु फल्म खेल्ने सुझाव दिन भने अरुले आट गरिसकेका थिएनन् । उनको यहि आट नेपालमै रहेर गीत संगीतको व्यापार गर्दै गरेका संगीत व्यवसायि सुवास रेग्मीलाई टाउको दुखाइको विषय बन्यो । उनले पनि आफ्नो फेसबुक मार्फत रामप्रसाद खनाललाई झटारो हान्न भ्याए । रेग्मीले खनालाई लेखेको प्रतिउत्तर यस्तो छ ‘राम प्रसाद भन्ने लोक गायक ले अमेरिका बसेर नेपाल का गायक गायिका लाइ यसो गर उसो गर भन्नु भन्दा पैले आफै गरेर अनुजहरु लाई सिकाएको राम्रो हो र र ज्ञानेन्द्र राजा हुँदा तलुवा चाटेर नेपाल टेलिभिजनमा मनपरी गरेर लोकतन्त्र को आगमन संगै सरणार्थी जीवन बिताइरहेका राम प्रसाद ज्यु, तागत भए नेपाल आएर गीत गाएर पेट पालेर देखाऊ नत्र चुप लागेको राम्रो रर तिम्रा कलम समग्र संगीतको बिकाश र कलाकारको हकअधिकार का निमित्त चलेको भए राम्रो देखिन्थ्यो र छोरीको उमेरको अनुजलाई ब्लु फिल्म खेल्न सुझाब दिनुभन्दा पहिले आफैले त्यो सबै गरेर बाटो देखाइदिने कि ? तेसो गरे कसो होला ? यो क्षेत्र गनाउने बनाउनेमा अगुवा हरुको बाटोमा हगुवा प्रवृति पनि दोषी छ । पानि माथिको ओभानो भएको त्यति सुहाउदैन पैले आफैबाट सरसफाई सुरु गरौ |’
0 comments
प्रतिक्रिया दिनुश
Facebook