हाम्रो समय

यसकारण काठमाडौं केन्द्र विन्दु भएर भइरहेको छ भूकम्प


पराकम्प अझै ६ महिनासम्म

 
प्रकाशित मिति: , 
 
काठमाडौं, साउन २८ – वैशाख १२ को महाभूकम्पले चिरा पारेको जमिनमुनिको प्लेट सर्ने क्रम (रप्चर स्लिप) काठमाडौंसम्म आइपुगेको छ।नेपाली भूकम्पविज्ञले जिपिएस ट्र्याकर राखेर गरिरहेको अनुसन्धानअनुसार यस्तै रप्चर स्लिपका कारण काठमाडौं केन्द्रबिन्दु भएर भूकम्प गइरहेका हुन्।
मंगलबार बिहान काठमाडौं कालीमाटी आसपासको क्षेत्रमा केन्द्रबिन्दु भएको भूकम्प पनि यसकै निरन्तरता भएको विज्ञले बताएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने, ‘रप्चर स्लिप काठमाडौंमुनि आइपुगेकाले सञ्चित शक्ति बाहिर आउन साना परकम्प गइरहन सक्छन्।’
विज्ञका अनुसार दुई प्लेटबीच दरार उत्पन्न हुँदा सञ्चित शक्ति बाहिर निस्कने क्रममा उत्तरतर्फ धकेलिएको प्लेट क्रमशः दक्षिणतर्फ सर्दैछ । त्यही क्रममा काठमाडौं आसपास परकम्प आएको हो। ‘जमिनमुनि जम्मा भएको अझै ठूलो शक्ति एकैपटक बाहिर निस्किएर वा सानासाना परकम्प आइरहे तत्काल पहिलो भूकम्प गएको क्षेत्रमा अर्को भूकम्पको खतरा टर्छ’, अधिकारीले भने। हिमालय क्षेत्रमा दक्षिणबाट उत्तरततर्फ प्लेट सर्दा सञ्चित शक्ति जमिनबाट बाहिर निस्कँदा भूकम्प जान्छ। प्लेट सर्ने क्रम बन्द भएपछि उत्पन्न हुने शक्ति बाहिर निस्कँदा विभिन्न स्थानमा जमिन चिरिन्छ। जमिन चिरिएपछि पुनः उत्तर र दक्षिण दुवैतर्फका प्लेट केही तल )दक्षिणतर्फ) सरिरहेका छन्।‘तर यो कति सर्‍यो कसरी सरिरहेको छ भन्ने अध्ययन भइरहेको छ’, अधिकारीले भने, ‘यो दक्षिणतर्फ सर्दै गयो भने क्रमशः भूकम्प सकिन्छ भन्ने सिद्धान्त हो।’ मंगलबार बिहान कालीमाटी आसपास केन्द्र भएर गएको ४.३ रिक्टर स्केलको पनि परकम्प भएको केन्द्रले जनाएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook