जज्बाको पर्खाइमा ऐश्वर्या राय बच्चन
मुम्बई: एकताका बलिउडमा नम्बर वान नायिका मानिएकी ऐश्वर्या
राय बच्चन अभिनीत पछिल्लो चलचित्र ‘जज्बा’को फस्ट लुक सार्वजनिक भएको छ।
लामो समयपछि यस चलचित्रबाट बलिउडमा कमब्याक गरेकी पूर्वविश्वसुन्दरी ऐश्वर्या फस्ट लुकका रूपमा सार्वजनिक गरिएको पोस्टरमा दौडँदै गरेकी छन्। उनको पछाडि इरफान खान पनि दौडिरहेका छन्।
सञ्जय गुप्ता निर्देशित यो चलचित्र अहिले चर्चामा छ। विवाह, घरायसी काम वा अन्य कुनै कारणले लामो समय हराएर बलिउडमा कमब्याक गर्नेहरू खासै जम्न सकेका छैन।
यस चलचित्रबाट ऐश्वर्याको अभिनय यात्रा तय हुने भन्दै समीक्षकले समेत टिप्पणी गरेकाले चलचित्र प्रदर्शन हुनु अगाडि ऐश्वर्या र जज्बाको चर्चा भएको हो।
लामो समयपछि ठूलो पर्दामा देखिएकी ऐश्वर्याको अभिनय हेर्न प्रतीक्षा गरिरहेका उनका फ्यानको कमी भने छैन।
अक्टुबरमा रिलिज हुने यस चलचित्रले ऐश्वर्याको भाग्य तय गर्ने पक्का छ। चलचित्रमा ऐश्वर्य र इरफानका साथै शावना आजमी, जैकीश्रफ, अभिमन्यु सिंह, अतुल कुलकर्णी, सिद्धार्थ कपुर, चन्दन राय सान्याललगायतले अभिनय गरेका छन्। एजेन्सी
0 comments
प्रतिक्रिया दिनुश
Facebook