हाम्रो समय

बनेपामा सिलिन्डर बम पड्काइयो






फोटो :फाइल फोटो
काभ्रे : वैद्य नेतृत्वको नेकप माओवादीसहितको ३३ दलीय मोर्चाले आह्वाहान गरेको दुई दिने नेपाल बन्दको दोस्रो दिन सोमबार मध्यान्ह बनेपा–११ स्थित सल्लापाते साामुदायिक वनमा सिलिन्डर बम विष्फोट गराइएको छ ।

सर्वसाधरणले बन्दको अवज्ञा गरेलगत्तै मध्यान्ह १२ बजेर ४० मिनेटमा बनमा बोरा र पत्करले छोपेर राखिएको सिलिन्डर वम विष्फोट भएकोे जिल्ला प्रहरी कार्यलय काभ्रेका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

उनका अनुसार सिलिन्डर बम विष्फोटमा कुनै मानवीय र भौतिक क्षति भएको छैन । घटनाको अहिलेसम्म कुनै पक्षले जिम्मा लिएको छैन ।

बन्दका क्रममा बजार आसपासका पसल तथा कल कालकारखाना सामान्य रहे पनि विष्फोटको आवाजले जनजीवन त्रसित बनेको छ  ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook